मेयरसाप

सम्पादकीय

चौरपाटी गाउँपालिका

सखुवा प्रसौनी गाउँपालिका

इस्मा गाउँपालिका

गोरीकला बुढा

तुर्माखाँद गाउँपालिका

दाताको प्रतीक्षामा महिलाद्वारा सञ्चालित बिर्तामोडको धार्मिक विद्यालय

Mayorsap

बुध, फागुन १४, २०८१ | १२:४२ बजे

बनियानी । बिर्तामोड नगरपालिका–३ स्थित मदरसा तालिमुल कुरान आधारभूत विद्यालयमा शिक्षक र कर्मचारी सबै महिला छन् ।


महिलाहरु घरबाट निस्किनु हुँदैन भन्ने मुस्लिम समुदायमा रहेको सोचलाई चिर्दै यस विद्यालयमा कार्यालय सहयोगीदेखि प्रधानाध्यापकसम्म सबै महिला रहेको विद्यालयकी प्रधानाध्यापक अन्जुम खातुनले जानकारी दिइन्।


विपन्न समुदायका विद्यार्थी अध्ययनरत मदरसा तालिमुल कुरान आवासीय माध्यमिक विद्यालयमा १४ जना शिक्षक र कर्मचारी कार्यरत छन्


बाल विकासदेखि कक्षा ६ सम्म पठनपाठन हुने आविमा सरकारले तोकेबमोजिमको पाठ्यक्रमअनुसार पठनपाठन हुन्छ । अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुने यस विद्यालयमा ७३ छात्रा र ८१ छात्र गरी एक सय ५४ जना विद्यार्थी अध्ययनरत छन् ।


“विद्यालयमा अन्य समुदायका छ जना बालिबालिकाले पढिरहेका छन्”, प्रधानाध्यपक खातुनले भनिन्, “मुस्लिम समुदायका विद्यार्थीले उर्दु र अरबी अनिवार्य गरिएको छ, अन्य समुदायका विद्यार्थीलाई यी दुई विषयको सट्टा कम्प्युटर र अन्य विषय पढाइ हुने गरेको छ ।”


“धार्मिक विद्यालय भए पनि सामुदायिक विद्यालयसरह सञ्चालन गरिरहेका छौँ”, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अफरोज खानले बताए, “महिला बाहिर निस्किनु हुँदैन भन्ने मान्यतालाई चिरेर विद्यालयमा शिक्षक–कर्मचारी सबै महिला राखिएको छ ।”


हाल विद्यालय अहिले बिर्तामोड–३ बिर्ताबजारस्थित महस्जितको भवनमा सञ्चालित छ । त्यहाँ पर्याप्त कक्षाकोठा छैनन भने खेल मैदानको पनि अभाव छ ।


विद्यालय सञ्चालन गर्न वार्षिक रु २६ लाख ५५ हजार छ सय खर्च हुने गरे पनि रु २३ लाख ५० हजारको मात्र स्रोत जुटेको अध्यक्ष खानले बताए । “शिक्षकलाई तीन महिनाको तलब दिन समस्या छ”, उनले भने ।


मदरसा विद्यालय सञ्चालनका लागि सङ्घीय सरकारबाट वार्षिक हाल आठ लाख, बिर्तामोड नगरबाट सात लाख, कोशी प्रदेश सरकारबाट एक लाख ५० हजार, बिर्तामोड–३ वडा कार्यालयबाट एक लाख र अभिभावकबाट करिब छ लाख सहयोग प्राप्त हुँदै आएको छ । मदरसामा कक्षा थप गरी कक्षा–१२ सम्म निःशुल्क गराउने लक्ष्य रहेको अध्यक्ष खानले जानकारी दिए।


यसैबीच, जग्गा खरिदका लागि आर्थिक सहयोग गरिदिन विद्यालयले अनुरोध गरेको छ । विद्यालयले एनआईसी एसिया बैंकमा रहेको विद्यालयको खाता नम्बर ‘२४६४१५०१०८८४२००२’ मा रकम दाखिला गर्न आग्रह गरेको छ ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology