Ad Image

वार्ताको लागि गएका शिक्षक नेताहरु सिंहदरबारको गेटमै रोकिए, फर्किने तयारी गर्दै

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745576218.jpg

काठमाडौं । शिक्षक महासंघका नेता सिंहदरबारको गेटमै रोकिएका छन् । वार्ताको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जान लागेको महासंघको टोली गेटमा रोकिएको हो ।


‘गेटबाट भित्र छिर्न दिइएन । हामी त फर्किने तयारीमा छौँ,’ महासंघका महासचिव तुलाबहादुर थापाले भने ।


शिक्षामन्त्री रघुजी पन्तको सचिवालयले गेटमा २५ जनाको नाम टिपाएको जनाएको छ । तर नाम टिपाएका सबैजना वार्तामा सहभागी हुनेहरू भने होइन ।


‘उहाँहरू गेटमा रोकिएको कुरा आएको छ । मन्त्रालयले सबैको नाम गेटमा दिएको हो । सहजीकरण गरिरहेका छौं,’ मन्त्रालयएका एक अधिकारीले भने ।


आजै सरकारको तर्फबाट शिक्षा मन्त्री पन्तले वार्ताको लागि बोलाएका थिए । सोही अनुसार दिउँसो ३ बजे शिक्षा मन्त्रालयमा जान महासंघका नेता तयार भएका थिए ।