Ad Image

रेशमलाई थुनाएका महिमानविरुद्ध सरकारी कागजात कीर्ते मुद्दा चलाइने

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746173622.jpg

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई बुधबार अनधिकृत पत्र लेखी कारागार चलान गर्ने शाखा अधिकृत महिमानसिंह विष्टलाई सरकारी कागजात कीर्तेसम्बन्धी मुद्दा चलाइने भएको छ ।


सर्वोच्च अदालतको मुद्दा तथा रिट शाखामा कार्यरत विष्टले लेखेको पत्र अनधिकृत भएपछि चौधरी कारागारमुक्त र विष्ट प्रहरी हिरासतमा छन् । विहीबार सार्वजनिक बिदा भएका कारण आज म्याद थप्न लगिएको जिल्ला प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले बताए ।


विष्टले सर्वोच्च अदालतको लेटरप्याड र छापको दुरुपयोग गरेको कारण उनीविरुद्ध सरकारी कागजात कीर्ते मुद्दा चलाइने भएको छ । प्रारम्भिक बयानमा उनले जानीजानी त्यस्तो कसूर गरेको स्वीकारेका छन् ।


उनका बारेमा सर्वोच्च अदालतले पनि आवश्यक निर्णय लिने सम्भावना भएका कारण अदालतको निर्णय र प्रहरी अनुसन्धानलाई समान बनाउने गरी मुद्दा अगाडि बढाइने प्रहरीले जनाएको छ ।