Ad Image

भद्रपुरमा आधुनिक प्रयोगशालासहितको रक्तसञ्चार सेवा सञ्चालनमा

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746180159.jpg

झापा । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले भद्रपुरमा आधुनिक प्रयोगशालासहितको रक्त सञ्चार सेवा सञ्चालनमा ल्याएको छ । शाखाको ५१औँ वार्षिक साधारणसभाका अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बिहीबार उक्त प्रयोगशालाको उद्घाटन गरे ।


भौतिक मन्त्रालयअन्तर्गत रहेको निर्माण व्यावसायी महासङ्घको कोषबाट रु. ६० लाख तथा नेपाल रेडक्रस सोसाइटीको रु. १५ लाखमा उक्त प्रयोगशाला निर्माण गरिएको रेडक्रसका जिल्ला सभापति लोकराज ढकालले जानकारी दिए । आधुनिक प्रयोगशाला सञ्चालनमा आएपछि सङ्कलित रगतलाई एक वर्षसम्म सुरक्षित भण्डारण गर्न सकिने उनले बताए ।


रगतका विधिन्न तत्वलाई छुट्टयाउने उपकरण जडान गरिएको उल्लेख गर्दै उनले यसको सहयोगमा रगतमा भएका राता रक्तकोष, सेता रक्तकोष, प्लेटलेस र प्लाज्मालाई छुट्याउन सकिने बताए। रेडक्रसले जिल्लामा ६ रक्तसञ्चार सेवा मार्फत रगत व्यवस्थापन गर्दै आएको छ ।