Ad Image

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/gold.jpg1600838423.jpg

काठमाडौं । गत मंगलवारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधवारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ६०० ले वृद्धि भएको छ भने चाँदीमा रु १५ ले गिरावट आएको छ । 
 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९२ हजार ९०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १५० मा कारोबार भइरहेको छ । 
 
गत मंगलवार एक तोला सुन रु एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु  दुई हजार १६५ मा कारोबार भएको थियो ।
 
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३८८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।