Ad Image

ग्लोबल बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट नि:शुल्क

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sky.PNG

काठमाडौं । ग्लोबल आइएमई बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ सुभारम्भ गरेको छ । काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका सीईओ सुवास सापकोटाले संयुक्त रूपमा कार्ड सार्वजनिक गरेका हुन् । 

पछिल्लो ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’मार्फत पहिलो पटक यती एअरलाइन्सको टिकट खरिद गर्दा ‘नि:शुल्क’ उपलब्ध हुने भएको छ । 

त्यसैगरी नियमित कार्ड प्रयोग गरी कारोबार गर्दा ग्राहक तथा यात्रुले विशेष छूट, बोनस पोइन्ट, प्राथमिक चेक–इन सेवा, अतिरिक्त तौल सुविधालगायत प्राप्त गर्ने बैंकले जनाएको छ । यसले ग्लोबल आइएमई बैंकका ग्राहकलाई सरप्राइज प्याकेज सहित नवीन सुविधाको अनुभव गराउने बैंकको विश्वास छ ।

ग्लोबल आइएमई बैंकका ग्राहकले ग्लोबल स्काई क्लब कार्डमार्फत यती एअरलाइन्सको पहिलो पटक टिकट खरिद गर्दा पूरै रकम बराबर क्यासब्याक दिइने भएको छ । त्यसैगरी, कार्डबाहक ग्राहकले यती एअरलाइन्सको कुनै पनि टिकट खरीद गर्दा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ । 

कसरी फाइदा लिने कार्डबाट ?
बैंकका अनुसार कार्ड जारी गर्ने समयमा ग्राहकले १०० बोनस पोइन्ट पाउँछन् । यस्तो बोनस छूट, पुरस्कार वा अन्य सेवा उपयोगमा प्रयोग गर्न सकिनेछ । कार्डका माध्यमबाट पीओएस (प्वाइन्ट अफ सेल) वा ई–कमर्स प्लेटफर्ममा खरिद गर्दा हरेक १०० रुपैयाँ बराबर १ माइलेज प्वाइन्ट प्राप्त हुनेछ ।

विमानस्थलमा प्राथमिकता, ५ किलोग्राम अधिक तौल सुविधा

ग्लोबल स्काई क्लब कार्डबाहकले विमानस्थलमा समेत प्राथमिकता पाउनेछन् । यती एअरलाइन्सका अनुसार चेक–इन तथा बोर्डिङ प्रक्रिया छिटोछरितो गराइने छ । यस्तो कार्डबाहक यात्रुले लगेजमा समेत अधिकतम तौल सीमा भन्दा ५ किलोग्राम अतिरिक्त सामान बोक्न पाउने सुविधा यती एअरलाइन्समा पाइने भएको छ । बढी तौलको लगेजका साथ यात्रा गर्ने यात्रुलाई यो सुविधा निकै फलदायी हुने बैंकको विश्वास छ । 

के भन्छन् सरोकारवाला ?
बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मी ग्लोबल आइएमई बैंक र यती एअरलाइन्सबिचको योसहकार्यले डिजिटल कारोबार र ग्राहकमैत्री सेवा विस्तारमा सहयोग पुग्ने बताउँछन् । यो सहकार्यले डिजिटल बैंकिङलाई थप सशक्त बनाउने उनको विश्वास छ । उनी भन्छन्, ‘ग्लोबल आइएमई बैंक नयाँ प्रविधिको प्रयोगसँगै ग्राहकमैत्री सेवा र समयानुकूल योजना ल्याउन सधैं तत्पर छ ।’ यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटा ग्लोबल आइएमई बैंकसँगको सहकार्यबाट बैंक र एयरलाइन्स दुवैका ग्राहक तथा सेवाग्राही लाभान्वित हुने बताउँछन् । 

‘हामीले ग्लोबल आइएमई बैंकसँग मिलेर यस्तो योजना ल्याएका छौं, जसले दुवै संस्थाका ग्राहकहरूलाई प्रत्यक्ष रूपमा लाभ पुर्‍याउनेछ,’ उनी भन्छन्, ‘भविष्यमा अझ नयाँ र परिस्कृत सेवा ल्याउने विश्वास व्यक्त गरे ।’ ग्लोबल आइएमई बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।