Ad Image

बुधवारका लागि कांग्रेसले बोलायो कार्यसमितिको आकस्मिक बैठक

User Image मेयरसाप डेस्क | ६ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/congrss.JPG

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । कांग्रेसले बुधवार बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कार्यसमितिको आकस्मिक बैठक बोलाएको हो । 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । 

रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन् । बैठकमा यो विषयका साथै अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।