Ad Image

बालेन साहले बुधवारका लागि बोलाए बजेट सीमा निर्धारण समितिको बैठक

User Image मेयरसाप डेस्क | ६ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/balen-shah-1_MNjqZckbiV_R01S7pC9XQ.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहाले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बोलाएका छन् । कार्यपालिका सदस्य र नगर सभा सदस्यहरूकाे निरन्तर दबाबपछि मेयर साहाले बुधवार बिहान ११ बजे बस्ने गरी बैठक बोलाएका हुन् । 

समितिको सदस्यमा उपप्रमुख डंगोलसँगै कार्यपालिका सदस्यहरू नविन मानन्धर, नवराज पराजुली, मैयालक्ष्मी महर्जन, अनिता कार्की डोली छन् । समितिका सदस्य सचिव तथा महागरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई भने भोलिको बैठकमा नबोलाइएको बुझिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नुपर्ने व्यवस्था छ । तर काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक ७ महिनादेखि बस्न सकेको छैन । ६ महिनामा अनिवार्य बस्नुपर्ने नगरसभाको बैठक समेत बसेको छैन ।

स्थानीय तहले असार १० सम्ममा बजेट पेश गर्नुपर्ने कानुनी बाध्यता छ भने असार मसान्तासम्म पारित गरिसक्नुपर्ने हुन्छ । तर महानगरमा कार्यपालिका, नगरसभाका साथै स्रोत अनुमान तथा बजेट समितिको बैठक पनि अहिलेसम्म नबस्दा समयमा बजेट पेश हुने सम्भावना समेत कम देखिन्छ ।