Ad Image

संसद् बहिष्कारलाई निरन्तरता दिने निर्णय गर्दै राप्रपाले भन्यो–छानबिन समिति झारा टार्ने खेल

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pratinidhi.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद् बहिष्कारलाई निरन्तरता दिने निर्णय गरेको छ । सिंहदरबारमा मंगलवार बसेको राप्रपाको बैठकले भिजिट भिसा प्रकरणमा आफूहरुको विरोध कायमै राख्ने निर्णय गरेको हो । 

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सुरुमा कुरा राख्ने र संसद्को कामकार्बाही बहिष्कार गर्ने निर्णय भएको जानकारी दिएका छन् । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले बनाएको छानबिन समिति झारा टार्ने काम मात्र भएको समेत बैठकले ठहर गरेको उनले बताए । सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले भिजिट भिसा प्रकरणमा प्रभावकारी काम गर्न नसक्ने राप्रपाको निष्कर्ष छ ।

सोमवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहनेछन् । भिजिट भिसा प्रकरणलाई लिएर राप्रपाले संसद्को कामकार्बाही बहिष्कार गर्दै आएको छ ।