Ad Image

प्रधानमन्त्री ओलीले पार्टीलाई बुझाए एक वर्षको लेबी बापत ३ लाख रुपैयाँ

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Kp-sharma-oli-1230-1024x683_tGWE9b387M.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन् । अध्यक्ष ओलीले पार्टीको केन्द्रीय कार्यालय, च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफैं पुगेर आर्थिक दायित्व तिरेका हुन्। 

अध्यक्ष ओलीलाई केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाएका छन् ।

अध्यक्ष ओलीले प्रधानमन्त्री भए बापत मासिक २५ हजारका दरले एक वर्षको ३ लाख ३ हजार ६ सय लेबी बुझाएको पार्टी कार्यालयले जनाएको छ ।