राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ऐरीले प्रहरीबाट दिए राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरीबाट राजीनामा दिएका छन् । प्रहरी सहायक हवल्दारको रुपमा कार्यरत ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका हुन् ।
ऐरीले केही महिनाअघि पत्र बुझाएका थिए । अहिले उनको राजीनामा स्वीकृत भएकाे हाे । उनले राजीनामा पत्रमा घरायसी कारण देखाएको प्रहरीले जनाएको छ ।