Ad Image

पतञ्जली जग्गा प्रकरण: माधव नेपालको थुनछेक बहस जारी

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/madhab nepal adalat.PNG

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको थुनछेक बहस भइरहेको छ । पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता भएका नेपालको बहस विशेष अदालत प्रांगणमा प्रत्यक्ष सुन्न र हेर्न मिल्ने व्यवस्था गरिएको छ । 

विशेष अदालतमा आजै नेपालको बयान लिइएको छ । बयान सकिएलगत्तै केहीबेरबाट थुनछेक बहस थालिएको हो । वरिष्ठ अधिवक्ता सुशिल पन्तले बहस सुरु गरेका छन् ।

मुद्दा अभियोजन गरेको अख्तियारको तर्फबाट विशेष सरकारी वकिलको कार्यालयका प्रमुख मोहन सागर बस्यालसहित सरकारी वकिलको टोलीले बहस गर्नेछ । नेपालको पक्षमा बहस गर्न १२० जना वकिलले नाम टिपाएका छन् ।