Ad Image

लागूऔषधसहित ३ जना भारतीय नागरिक पक्राउ

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/WhatsApp Image 2025-06-25 at 2.35.32 PM.jpeg

काठमाडौं । मकवानपुरबाट प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे चेकप्वाईन्टस्थित पूर्वपश्चिम सडकखण्डमा सवारी चेकजाँचका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले भारतको मोतीहारीबाट काठमाडौंतर्फ आउँदै गरेको BL01AW1404  नम्बरको भारतीय कारलाई रोकेर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा कारको सिटमुनी र पछाडीको डिकी भित्र फल्स बटम बनाई लुकाई छिपाई राखी ल्याईएको अवस्थामा लागूऔषध फेला परेको हो । प्रहरीले कारका चालक बिहार राज्य मोतीहारी जिल्ला पंचमिडिया बस्ने २६ वर्षीय उपेन्द्र यादव, सोही ठाउँका २२ वर्षीय संजित कुमार यादव र ३५ वर्षीय सिकिन्दर महतोलाई पक्राउ गरेको छ । 

प्रहरीले उनीहरुको साथबाट लागूऔषध ट्रामाडोल २५,४५५ क्यापसुल र वानरेक्स १२० बोतल बरामद गरेको छ । उनीहरुलाई लागूऔषध कसुर मुद्धामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।