Ad Image

विष्णुमतीमा गाडीसहित बगेकी महिलाको सकुशल उद्धार

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/BISHNUMATI KAR.jpg

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–६ मा गएराति विष्णुमती खोलामा गाडीसहित बगेकी एक महिलाको सकुशल उद्धार गरिएको छ ।

प्रहरीका अनुसार राति करिब १० बजेतिर ग्राण्डी अस्पताल पछाडिको खोला किनाराबाट बा.प्र.०१–०३१ च ६१४१ नम्बरको निजी कार विष्णुमती खोलामा खसेको थियो ।

कार अङ्कुश सिंहले चलाएका थिए भने गाडीभित्र भावना ओली सवार थिइन् । सिंह खोला किनारमै हाम फालेर जोगिन सफल भए पनि ओलीलाई खोलाले बगाएको थियो ।

प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार बाँनियाटार पुल नजिक गाडी अड्किएको अवस्थामा भेटिएपछि प्रहरी र स्थानीयको सहयोगमा ओलीको सकुशल उद्धार गरिएको हो । 

उनलाई उपचारका लागि ग्रिनसिटी अस्पताल पठाइएको छ । ओलीको घर दाङ भए पनि हाल टोखा बस्दै आइरहेकी थिइन् ।

प्रहरीले क्रेनको सहायताले खोलामा फसेको कार पनि निकाली प्रहरी प्रभाग नयाँ बसपार्कमा राखेको जनाएको छ ।