Ad Image

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, सयौँ यात्रु अलपत्र

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/0011.jpg

काठमाडौं । गए रातिदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्गको कालिकोट खण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार आइतबार रातिदेखिको लगातारको वर्षाले दहीखोलादेखि हुल्म बजारसम्मका विभिन्न स्थानमा सडक माथिबाट ढुङ्गा र माटोसहितको पहिरो खसेको हो ।

राजमार्ग अवरुद्ध भएपछि कालिकोट आउजाउ गर्ने सबै प्रकारका सवारी साधन रोकिएका छन् । सडक अवरुद्ध हुँदा सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

घटनास्थलमा अस्थायी प्रहरी पोस्ट, हुल्मबाट प्रहरी सहायक निरीक्षक विनोद बुढाको नेतृत्वमा टोली खटिएको छ । स्थानीयको सहयोगमा पहिरो पन्छाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।