Ad Image

सिटौला भन्छन्– ‘कर्मचारीमा मात्रै क्षमता देख्दा मुलुक बिग्रियो’

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Sitaula.jpg

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले देशको दुर्दशाका लागि कर्मचारीप्रति अत्यधिक निर्भरता जिम्मेवार रहेको बताएका छन् ।

सानेपामा जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले क्षमतावान् व्यक्ति पार्टीमै थुप्रै भए पनि त्यस्ता व्यक्तिहरूको सट्टा प्रशासनका कर्मचारीहरूलाई नै प्राथमिकता दिँदा समस्या बढेको उल्लेख गरे ।

‘हामीले कर्मचारी भेटेपछि अरू नखोज्ने प्रवृत्ति बनायौँ,’ उनले भने, ‘यही प्रवृत्तिले मुलुक बिगार्यो ।’ सिटौलाका अनुसार पार्टीमा पीएचडी, डाक्टर, इन्जिनियरजस्ता विज्ञहरू प्रशस्तै भए पनि नीति निर्माणमा उनीहरूको प्रयोग नहुनु दुर्भाग्यपूर्ण छ ।

उनले अझै पनि पञ्चायतकालीन सोच भएका अधिकारीहरूमार्फत प्रशासन चलिरहेको उल्लेख गर्दै निजामती विधेयकमा सांसदहरू नै अनविज्ञ रहनु लापरबाही भएको बताए ।

“हामीले परिवर्तन त ल्यायौँ, तर परिवर्तनलाई हाँक्ने प्रशासन बनाउन असफल भयौँ,“ सिटौलाले भने । उनले न्यायपालिका, संविधान र नीतिगत विषयहरूमा गम्भीर समीक्षा आवश्यक रहेको जोड दिए ।