Ad Image

२ महिनामा सुर्खेतमा ७ किलो लागुऔषध बरामद, ९४ जना पक्राउ

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pakrau.jpg

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पछिल्लो दुई महिनामा सामाजिक अपराध नियन्त्रण अभियानलाई तीव्र पार्दै करिब ७ किलोग्राम (६ किलो ९३५ ग्राम) लागुऔषध बरामद गरेको छ ।

यस अवधिमा ५ महिला र ८९ पुरुष गरी कुल ९४ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।

शाहीका अनुसार, दुई महिनाको अवधिमा बरामद गरिएका लागुऔषधमध्ये ब्राउन सुगर ३५ ग्राम ३४० मिलिग्राम, चरेस १७ ग्राम ३६० मिलिग्राम, अफिम ५ किलोग्राम ५४० ग्राम, गाँजा २४० ग्राम र ३६२ ट्याब्लेट रहेका छन् ।

लागुऔषधसम्बन्धी अपराधबाहेक, प्रहरीले यस अवधिमा जुवातासबाट २१ जनालाई पक्राउ गरेको छ । त्यस्तै, सामाजिक सदाचार तथा वेश्यावृत्ति कसुरमा ३ होटल सञ्चालक, १२ पुरुष, १२ महिला र एक एचआईभी संक्रमित महिला गरी २८ जना पक्राउ परेका छन् ।

प्रहरी उपरीक्षक शाहीले सामाजिक अपराध नियन्त्रणका लागि अभियानलाई अझ कडाइका साथ अगाडि बढाउने बताए ।