Ad Image

मन्त्री गुप्ताको अडिओ काण्ड छानबिन गर्न रास्वपाको माग

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sususu.JPG

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडिओ काण्डको छानबिन गर्न माग गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद सुमना श्रेष्ठले यो माग राखेकी हुन् ।

सांसद श्रेष्ठले अडियोमा कास्कीको मालपोत कार्यालयमा को पठाउने, जिल्लाको भूमि आयोगमा सेटिङ र भूमि विधेयक फास्टट्र्याकबाट पास गर्न खोजेको लगायतका विषयमा प्रश्न उठाइन् । उनले एउटा मन्त्रीले अर्को मन्त्रीलाई पोलेको घटनाको छानबिन हुनुपर्नेमा जोड दिइन् ।

श्रेष्ठले अडिओमा उल्लेख गरिएका ’सम्बन्धित ठाउँ’, ’बा को हुन्’, र ’दुई तिहाइ भनेको मिलिजुली भाग खानलाई हो?’ जस्ता प्रश्नहरू उठाउँदै वर्तमान सरकारको पारदर्शिता र संस्कारमाथि प्रश्न चिन्ह खडा गरिन् । उनले जनताले यसबाट के पाए भन्दै प्रश्न पनि गरिन् ।

शनिबार एक दैनिक पत्रिकाले मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी घुस ‘डिल’ प्रकरणमा मुछिएको अडिओ सार्वजनिक गरेकाे थियाे ।