Ad Image

अपडेटः रसुवाको बाढीमा ११ जनाको श*व फेला, १७ अझै बेपत्ता

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rasuwagadhi-1024x512.jpg

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ११ जनाको शव फेला परेको छ भने १७ जना अझै बेपत्ता छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले आइतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा यो जानकारी दिएका हुन् ।

भट्टका अनुसार, फेला परेका शवमध्ये केही मानव अंग मात्रै छन् । यस घटनामा एक जना घाइते भएका छन् । खोज तथा उद्धारका लागि १ हजार ९ सय ५० जना सुरक्षाकर्मी परिचालन गरिएकोमा ७ सय ४९ जनाको स्थल उद्धार र २ सय जनाको हवाई उद्धार गरिएको छ ।

बाढीले २३ वटा कार्गो सेन्टर कन्टेनर ट्रक, ४७ वटा विद्युतीय गाडी र ६ वटा सिंगो सवारीसाधन बगाएको प्राधिकरणले जनाएको छ । दुईवटा पुलमा आंशिक क्षति पुगेको छ भने रसुवागढी हाइड्रोमा धेरै क्षति पुगेको छ ।

स्याफ्रुबेसीबाट टिमुरेसम्मको १६ किलोमिटर सडक खण्डमा १ हजार २ सय मिटर सडक पूर्णरुपमा क्षतिग्रस्त भएको भट्टले बताए । बाढीले पुल बगाएसँगै रसुवा–चीनको आवतजावत पूर्ण रुपमा बन्द भएको छ ।