Ad Image

संसद्मा गतिरोध नल्याउन राष्ट्रपति पौडेलको आग्रह

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ramchandra_veV5gLLOE1.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा अत्यावश्यक ऐन कानुन निर्माणमा हुने ढिलासुस्तीले राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध पुर्याउने बताएका छन् ।

संसदीय मामिला पत्रकार समाजका पत्रकारहरूसँगको भेटमा उनले संसद्मा गतिरोध आउन नदिई छलफल, सहमति र सहकार्यबाट संसदीय गतिविधि जनमुखी बनाउनुपर्नेमा जोड दिए ।

लोकतान्त्रिक पद्धति नै उत्तम व्यवस्था भएको भन्दै राष्ट्रपति पौडेलले संसद् जनताको आवाज मुखरित गर्ने र कानुन बनाउने थलो भएको धारणा राखे ।

उनले पत्रकारहरूलाई संसदीय गतिविधि र जनसरोकारका विषयमा सूचना सम्प्रेषण तथा खबरदारी गर्ने गहन दायित्व रहेको स्मरण गराए ।