मधेशमा खानेपानी संकट : प्रदेश सरकारद्वारा ८ वारुणयन्त्र परिचालन


काठमाडौं । वीरगञ्जसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा देखिएको खानेपानीको चरम संकट समाधानका लागि प्रदेश सरकारले ८ वटा वारुणयन्त्र परिचालन गरेको छ ।
बुधबार बिहान मुख्यमन्त्री सतिशकुमार सिंहले प्रभावित क्षेत्रमा वारुणयन्त्रहरू पठाउँदै सरकार नागरिकका समस्या समाधानमा प्रतिबद्ध रहेको बताएका छन् ।
प्रत्येक वारुणयन्त्रले ५ हजार लिटरका दरले एकै पटकमा ४० हजार लिटर खानेपानी आपूर्ति गर्नेछ । यी वारुणयन्त्रहरू २४ सै घण्टा सञ्चालनमा रहनेछन्, जसको व्यवस्थापन प्रदेश सरकारले र सञ्चालन नेपाली सेनाले गर्नेछ ।
यसअघि वन कार्यालयका तीन ट्याङ्करमार्फत पनि पानी आपूर्ति भइरहेकोमा, नेपाली सेनाबाट थप ७ ट्याङ्कर र एक वारुणयन्त्र पठाउने तयारी भइरहेको छ ।
मुख्यमन्त्री सिंहले संघीय तथा स्थानीय सरकार र दातृ निकायहरूसँगको समन्वयमा सबै स्रोतसाधन परिचालन गरी समस्या समाधान गर्ने प्रयास भइरहेको जानकारी दिए ।