Ad Image

एमालेको सचिवालय बैठक बिहीबार बस्दै

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/um.jpg

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बिहीबार दिउँसो १ बजे बस्दैछ । भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको प्रारम्भिक तयारी मुख्य एजेन्डा रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन् ।

बैठकमा विधान मस्यौदामाथि प्रारम्भिक छलफल हुनेछ । विशेषगरी, ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था कायम राख्ने वा हटाउने भन्ने विषयमा छलफल गरी हल गरिने केन्द्रीय कार्यालय स्रोतले जनाएको छ ।

बिहीबारको बैठकले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्नेछ । ती बैठकहरूमा विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन मस्यौदा, राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

यसका साथै, पार्टी र जनसङ्गठनमा जिम्मेवारी दिने विषय पनि बैठकको एजेन्डामा छ । गत माघदेखि सम्पन्न भएका जनसङ्गठनका महाधिवेशनपछि जिम्मेवारीविहीन भएका र पार्टीमा फर्किएका कार्यकर्तालाई जिम्मेवारी दिनेबारे छलफल हुनेछ ।

यद्यपि, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई जिम्मेवारी दिने विषयमा भने अझै टुङ्गो लागिसकेको छैन ।