Ad Image

स्याङ्जामा दूध उत्पादक कृषकलाई प्रोत्साहन अनुदान

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/milk__dudh_58IY1BHg3J.jpg

स्याङ्जा । स्याङ्जाको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रम अन्तर्गत दूध उत्पादक कृषकलाई प्रतिलिटर ५ रुपैयाँ अनुदान उपलब्ध गराएको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१\०८२ मा कुल २ लाख लिटर दूधका लागि १० लाख रुपैयाँ प्रोत्साहनस्वरुप सहयोग गरेको हो ।

केन्द्रका प्रमुख रुपेश श्रेष्ठका अनुसार, दैनिक २०० लिटर दूध सङ्कलन गर्ने र वार्षिक २०० दिन कारोबार गर्ने समूह वा सहकारीलाई छनोट गरी यो सहयोग प्रदान गरिएको हो । यस वर्ष भिरकोट दुग्ध उत्पादन सहकारी र आँधीखोला कृषि उद्यम सहकारी संस्था लाई छनोट गरी क्रमशः रु. ६ लाख ५० हजार ६५० र रु. ३ लाख ४८ हजार ६०० प्रदान गरिएको छ ।

प्रमुख श्रेष्ठले उत्पादनमा आधारित प्रोत्साहन रकम अन्य अनुदानभन्दा बढी प्रभावकारी भएको पाइएकोले यस कार्यक्रमलाई निरन्तरता दिइने बताए । कार्यालयले भकारो सुधार, नयाँ गोठ निर्माण, र मिल्क एनालाइजर लगायतका उपकरणमा पनि अनुदान दिँदै आएको छ ।