Ad Image

एमालेको पोलिटब्युरो बैठक जारी

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/518118710_1204685618357829_6903872550828626730_n.jpg

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको छ । बैठकको मुख्य एजेन्डा बिहीबारको सचिवालय बैठकद्वारा पारित विधान संशोधन प्रस्ताव रहेको छ ।

सचिवालय बैठकले सुरुमा १९ सदस्यीय पदाधिकारीलाई ११ जनामा सीमित गर्ने प्रस्ताव गरे पनि, छलफलका क्रममा १५ जना पुर्याउने अनौपचारिक सहमति भएको छ । यसअनुसार, वरिष्ठ उपाध्यक्ष पद हटाई एक अध्यक्ष, एक महासचिव, एक उपमहासचिव, पाँच उपाध्यक्ष र सात सचिव रहने प्रस्ताव गरिएको छ । यद्यपि, यो अन्तिम निर्णय भने होइन ।

त्यसैगरी, उपाध्यक्ष तथा विधान संशोधन समितिका संयोजक विष्णुप्रसाद पौडेलले सचिवालयमा १९९ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव गरे पनि, पछि त्यसलाई २५१ सदस्यीय बनाउने निर्णय भएको छ । केन्द्रीय कमिटीका एक तिहाइ सदस्य पोलिटब्युरोमा रहने हुँदा, हालको ९९ सदस्यीय पोलिटब्युरो अब ८३ सदस्यमा झारिनेछ ।