Ad Image

उच्च अदालतका न्यायाधीश लम्सालले दिए राजीनामा

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bhatat lamsal.jpg

काठमाडौं । उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुङ्गामा कार्यरत न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन् । 

बिहीबार उनले सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष राजीनामा बुझाएका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता सह–रजिस्ट्रार अच्युत कुइँकेलका अनुसार, एक वर्षपछि उमेर हदका कारण अवकाशमा जान लागेका न्यायाधीश लम्सालले आफ्नो राजीनामामा स्वास्थ्य अवस्थालाई कारण देखाएका छन् ।