Ad Image

वामदेवको नेकपा राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Nekapa-Yes-1.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच एकता भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा दुई पार्टीबीच एकता घोषणा गरिएको हो ।

समारोहमा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले आफू एकीकृत समाजवादीमा समाहित भएको घोषणा गरे । उनले पार्टी एकीकरण हुँदा ज्यादै खुसी भएको बताउँदै पार्टी कार्यालय स्वयम्भूबाट एकीकृत पार्टीको कार्यालयसम्म आउन चार वर्ष लागेको उल्लेख गरे ।

वामदेव गौतम अब एकीकृत समाजवादीको वरिष्ठ नेता बनेका छन् । उनी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरियतामा रहनेछन्।

गौतम एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्दा उपस्थित नेता तथा कार्यकर्ताहरूले हुटिङ गरेका थिए । उनलाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र झलनाथ खनाल लगायतका नेताहरूले स्वागत गरेका थिए ।