Ad Image

वर्तमान सरकारले देशमा विकासको लहर ल्यायो : प्रधानमन्त्री ओली

User Image मेयरसाप डेस्क | १७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/OfficeofthePM-92025-07-25at2.16.50PMcopy.jpg

जलेश्वर । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देशमा विकासको लहर ल्याएको बताएका छन् ।

महोत्तरीको मटिहानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता ठूला दलहरू मिलेर बनेको यो सरकार विकास र सुशासनका लागि अहोरात्र खटिएको दाबी गरे ।

ओलीले एमाले, कांग्रेस, लोसपा, जनमतसहितको संयुक्त सरकारले स्पष्ट नीति तथा कार्यक्रमसहित तराई–मधेस, पहाड, हिमाल सबै क्षेत्रलाई समेटेर विकास निर्माण गरिरहेको स्पष्ट पारे । 

उनले शिक्षा, स्वास्थ्य, सडकलगायतका जनसरोकारका क्षेत्रलाई प्राथमिकता दिइएकाले उल्लेखनीय उपलब्धि हासिल भएको बताए । ओलीले आगामी निर्वाचनसम्म दुई ठूला राजनीतिक दल सम्मिलित सरकारको विकल्प नरहेको स्पष्ट पारे ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मटिहानीको विग्ही नदीमा बनेको पुल उद्घाटनले जनकपुरसँगको जोड्नका साथै स्थानीय व्यापार, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।