Ad Image

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

User Image मेयरसाप डेस्क | १८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Pokhari 1 (1).jpg

वालिङ । स्याङ्जा जिल्लामा गण्डकी प्रदेश सरकारको ’एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत २७ वटा रिचार्ज पोखरी निर्माण भएका छन् । 

आर्थिक वर्ष २०७८\७९ देखि सुरु भएको यो अभियानले पछिल्ला चार आर्थिक वर्षमा सामुदायिक वनहरूमा पोखरी निर्माणलाई गति दिएको छ ।

जिल्लास्थित डिभिजन वन कार्यालयका वन अधिकृत अम्मरबहादुर पराजुलीका अनुसार, २०८१\८२ मा ३, २०८०\८१ मा १२, २०७९\८० मा ८, र २०७८\७९ मा ४ वटा पोखरी निर्माण गरिएका छन् । 

खोला र मुहान सुक्दै गएको अवस्थामा वनको बीच वा माथिल्लो भागमा यस्ता पोखरी निर्माण गर्दा तल्लो तटीय क्षेत्रमा पानीका मूल फुट्ने र स्रोत बढ्ने विश्वास गरिएको छ ।

यी पोखरीहरू वन्यजन्तुलाई पानी पिउन र गाउँघरतिर आउनबाट रोक्न, पशुचौपायालाई पानी खुवाउन, तथा सिँचाइका लागि पनि महत्वपूर्ण रहेको पराजुलीले बताए ।

फेदीखोला गाउँपालिका–४ स्थित कुचेको मुहान सामुदायिक वनका पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष उमाकान्त सुवेदीले पोखरीहरू बहुउपयोगी रहेको र वन क्षेत्रलाई सुन्दर बनाएको बताए ।