Ad Image

लुम्बिनीलाई शैक्षिक गन्तव्य बनाउनुपर्छ : अर्थमन्त्री पौडेल

User Image मेयरसाप डेस्क | १७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/DPM Poudel Lumbini Sawan 9.jpeg

लुम्बिनी । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनीलाई गुणस्तरीय शिक्षाको शैक्षिक गन्तव्य बनाउनुपर्नेमा जोड दिएका छन् । आज देवदहमा आयोजित अन्तर्राष्ट्रिय छात्रावास भवनको शिलान्यास तथा देवदह गुरुयोजना सार्वजनिक समारोहमा बोल्दै उनले यो कुरा बताएका हुन् ।

रुपन्देहीको देवदहमा करिब रु ८० अर्ब लागतमा बन्ने पूर्वाधार गुरुयोजना अर्थमन्त्री पौडेलले सार्वजनिक गरेका हुन् । २०७७ सालमा सरकारले विश्वविद्यालयलाई करिब ९२ बिघा जमिन भोगाधिकारका लागि दिएको थियो, जसको गुरुयोजना प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गत असार ३२ गतेको सभा बैठकले स्वीकृत गरेको थियो ।

पौडेलले गुरुयोजना बनाएर मात्र नहुने भन्दै यसको कार्यान्वयनका लागि विश्वविद्यालयको निरन्तर अग्रसरता आवश्यक रहेको बताए । उनले विश्वविद्यालयलाई देशको एक नम्बर र विश्वकै शैक्षिक गन्तव्य का रूपमा स्थापित गर्न शैक्षिक गुणस्तरमा जोड दिनुपर्ने बताए । 

बौद्ध दर्शनका साथै अन्य विषयहरू पनि प्राध्यापन गराएर विश्वविद्यालयलाई लुम्बिनी र गौतमबुद्धका रूपमा ’ब्राण्डिङ’ गरी अन्तर्राष्ट्रियस्तरमा फैलाउनुपर्ने निर्देशन पनि उनले दिए ।

यसै अवसरमा उपप्रधानमन्त्री पौडेलले राष्ट्रिय गौरवको लुम्बिनी विकास कोषको गुरुयोजना ४० वर्ष नाघ्दा पनि पूरा हुन नसकेकोमा चिन्ता व्यक्त गरे । उनले यस्ता आयोजनालाई पूर्णता दिन नेतृत्व तह इमान्दार र संस्कृति, सम्पदाको महत्त्व बुझेको हुनुपर्ने बताए ।