कैलालीमा १७ वर्षीया किशोरीको चक्कु प्रहार गरी ह*त्या


कैलाली । कैलालीमा चक्कु प्रहार गरेर एक १७ वर्षीया किशोरीको हत्या भएको छ । बर्दगोरिया गाउँपालिका–१ स्थित ’राजधानी सेकुवा एण्ड म:म सेन्टर’मा काम गर्ने बर्दगोरिया–३ की याचना सेजवालको हत्या भएको हो।
शनिबार बिहान १० बजेतिर सेजवालमाथि सँगै काम गर्ने बर्दगोरिया–१ का ३३ वर्षीय नृप साउदले चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सेजवाललाई उपचारका लागि तत्काल धनगढीको निसर्ग हस्पिटलमा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा लगिने तयारी भइरहेको छ। प्रहरीले चक्कु प्रहार गर्ने साउदलाई नियन्त्रणमा लिएको छ।