पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्व सुचना प्राप्त गर्छ : गृहमन्त्री लेखक


काठमाडौं । गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र हरेक नागरिकले जोखिमको पूर्व सुचना प्राप्त गर्ने बताएका छन् ।
बिहिबार सबैका लागि पूर्वसुचना राष्ट्रिय कार्याशालामा बोल्दै उनले अबको पाँच वर्षभित्रमा मुलुकका सबै नागरिकले जोखिम पूर्व सूचना प्राप्त गर्ने बताएका हुन् ।
उनले नेपालमा एक तिहाइ जनसंख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको पूर्व सूचना बाहिर रहेको उल्लेख गर्दै सन् २०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्व सुचना प्राप्त गर्ने स्थितिको सुनिश्चिता गरिने बताए ।
गृहमन्त्री लेखकले विश्वमा मनसुनजन्य जोखिममा रहेका एक तिहाइ जनसंख्या अझै पनि पूर्वसुचनाको पहुँचमा नरहेको तथ्याङ्कमा रहेको भन्दै त्यसमा नेपाल पनि रहेको बताए ।
Facebook Comments