Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि’ प्रति एमालेको पनि असहमति

User Image मेयरसाप डेस्क | २०८२ साउन १९ गते १४:०३
Image of https://mayorsap.com/storage/photos/10/UML CPN.jpg

काठमाडौं । निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ माथि सत्तारूढ नेकपा (एमाले)ले पनि असहमति जनाएको छ ।

एमालेले स्वमूल्याङ्कन राजनीतिक दलहरूको आन्तरिक मामिला भएको भन्दै यसमा निर्वाचन आयोगले हस्तक्षेप गर्न खोजेको आरोप लगाएको छ ।

एमाले केन्द्रीय निर्वाचन प्रमुख नीरज आचार्यले आयोगले ल्याएको कार्यविधि सैद्धान्तिक रूपमै गलत भएको बताए ।

उनले भने, ‘राजनीतिक दलको गठन, दर्ता, सञ्चालन दलको स्वायत्तता र स्वतन्त्रताको मर्मभित्र रही हुने भएकाले यसको मूल्याङ्कन जनताले जनादेशमार्फत गर्ने हो, निर्वाचन आयोगले होइन ।’

यसअघि नेकपा (माओवादी केन्द्र)सहितका विपक्षी दलहरूले पनि यो कार्यविधि संविधानविपरीत रहेको भन्दै यसको विरोध गरेका थिए । आयोगले आजसम्म यस कार्यविधिमाथि सुझाव दिन आग्रह गरेको थियो ।


Facebook Comments