एमाले शीर्ष नेताहरूद्वारा महाधिवेशनस्थल अवलोकन

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/uml_2107CCeoZo.jpg

काठमाडौं । नेकपा (एमाले)का शीर्ष नेताहरुले दोस्रो विधान महाधिवेशनस्थल ललितपुर, गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रको अवलोकन गरेका छन् । 

एमालेका कार्यवहाक अध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताहरुले आज महाधिवेशनस्थलको निरीक्षण गरेका हुन् ।

एमालेको दोस्रो विधान महाधिेशन आगामी भदौ २० देखि २२ गतेसम्म गोदावरी सनराइज सम्मेलन केन्द्रमा हँुदै छ ।

महाधिवेशनमा विधान महाधिवेशनमा करिब दुई हजार दुई सय ७९ जना प्रतिनिधि सहभागी हुने छन् ।

महाधिवेशन सफल बनाउनका लागि पार्टीले विभिन्न नेताहरुलाई व्यवस्थपानको जिम्मेवारी तोकिसकेको छ ।


Facebook Comments