रुपन्देही–३ उपनिर्वाचन : रास्वपाद्वारा उम्मेदवारको नामावली सार्वजनिक

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rsp party nepal.jpeg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार बन्न आवेदन दिएका ९ जनाको नामावली सार्वजनिक गरेको छ । बिहीबार पार्टीको फेसबुक लाइभमार्फत उक्त नामावली सार्वजनिक गरिएको हो ।

उम्मेदवार बन्नका लागि शुलभ खरेल, पाथवेन्द्र उपाध्याय, डा. लेकजंग थापा, ज्ञानु पौडेल, जित बहादुर गुप्ता, कुशम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका छन् ।

रास्वपाका अनुसार, उम्मेदवारीविरुद्ध कुनै उजुरी वा गुनासो भए शुक्रबार बिहान १० बजेदेखि शनिबार ५ बजेसम्म केन्द्रीय निर्वाचन आयोगमा दर्ता गर्न सकिनेछ । पार्टीले भदौ १२ गते प्रारम्भिक निर्वाचनमार्फत उम्मेदवार छनोट गर्नेछ ।


Facebook Comments