रामहरिको नैतिकता जाग्यो, गृहमन्त्रीको किन जागेन ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकको नैतिकतामाथि प्रश्न उठाएकी छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्नेमा जोड दिइन् ।
सांसद कार्कीले भनिन्, ‘नैतिकता जागेर माननीय रामहरि खतिवडाज्युले राजीनामा दिनुभयो। तर, माननीय गृहमन्त्रीज्युको नैतिकता जगाउन उहाँको आफ्नै मानकले पनि सकेन।’
रास्वपाले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै आएको छ । यही माग राखेर रास्वपाले ८० दिनदेखि प्रतिनिधि सभाको बैठक बहिष्कार गर्दै आएको छ ।
उनीहरूको माग गृहमन्त्रीले राजीनामा दिएर छानबिनको वातावरण सहज बनाइदिनुपर्छ भन्ने रहेको छ ।
Facebook Comments