रवि लामिछानेलाई राखिएको बन्दीगृहबाट हटाइयो प्लाइउड

User Image मेयरसाप डेस्क | १८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rabi karagar.jpg

काठमाडौं । संगठित सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई राखिएको बन्दीगृहको झ्यालमा जाली राखिएको छ ।

रुपन्देही कारागारले एक सूचना जारी गर्दै मिडियामा आएका खबरहरूप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै बन्दीगृहको झ्यालबाट प्लाइउड हटाएर जाली राखिएको जनाएको छ ।

कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार, लामिछानेको सुरक्षालाई मध्यनजर गर्दै उनलाई सुरुदेखि नै छुट्टै कोठामा राखिएको छ । उक्त कोठामा छुट्टै शौचालयको व्यवस्था गरिएको छ र अहिले झ्यालको प्लाइउड हटाएर जाली लगाइएको छ । 

सूचनामा उल्लेख भएअनुसार, लामिछानेलाई टेलिफोन र भेटघाटको सुविधा पनि निरन्तर दिइएको छ ।

२५० जनाको क्षमता रहेको रुपन्देही कारागारमा हाल ६४० जना कैदीबन्दीहरू रहेका छन् । क्षमताभन्दा धेरै बन्दी भए पनि कानुनबमोजिमका सेवा सुविधा दिइएको कारागार प्रशासनले जनाएको छ ।


Facebook Comments