ठमेलको होटलबाट बुद्धचित्तको दानासहित २ चिनियाँ नागरिक पक्राउ

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pakrau.jpg

काठमाडौं । काठमाडौंको ठमेलस्थित एक होटलबाट ११५.६५ केजी बुद्धचित्तको दाना र १२ लाख ७० हजार रुपैयाँ नगदसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार पक्राउ पर्नेमा ४६ वर्षीय लिउ जिङताव र २३ वर्षीय लिउ छिआ‍‍ओसुवा रहेका छन् । उनीहरूलाई बुधबार दिउँसो ठमेलको जिङझिङ अन्तर्राष्ट्रिय होटलको कोठा नम्बर ४०४ र ४०९ बाट पक्राउ गरिएको हो ।

प्रहरी प्रवक्ता अपीलराज बोहराले दिएको जानकारीअनुसार, होटलमा बुद्धचित्तको अवैध कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरूबाट बुद्धचित्तको दाना र नगदका साथै तीनवटा मोबाइल फोन र दुई थान पासपोर्ट पनि बरामद गरेको छ । बरामद भएका सामग्री र रकमबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


Facebook Comments