जनताको समस्या छोडेर सरकार मिथ्या कथा बनाउन व्यस्त छ : सांसद सापकोटा


काठमाडौं । प्रतिनिधिसभा सदस्य माधव सापकोटाले जनताको समस्या छोडेर सरकार मिथ्या कथा बनाउनमा व्यस्त भएको आरोप लगाएका छन् ।
उनले सरकारले संसदको निर्देशनलाई बेवास्ता गरेको र प्रश्नहरूको उत्तर दिनुको सट्टा ’मिथ्या कथाहरू’ सिर्जना गरेर मिडिया र सामाजिक सञ्जालका लागि सामग्री उत्पादनमा लागेको आरोप लगाएका हुन् ।
संसद्को बिहीबारको बैठकमा बोल्दै उनले सरकारको यो कार्यले जनताको ध्यान मोडेको र यसमा सबैले खबरदारी गर्नुपर्ने बताए ।
सापकोटाले चाडपर्वको मुखमा तातोपानी र रसुवागढी नाका बन्द हुँदा महँगी बढ्ने चिन्ता पनि व्यक्त गरे ।
Facebook Comments