सुदूरपश्चिममा भारी वर्षा, मनसुन थप सक्रिय

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/moonsoon-rainfall.jpg

काठमाडौं । आज नेपालको सुदूरपश्चिमका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, अहिले कञ्चनपुर, डडेलधुरा, डोटी, दार्चुला, कैलाली, अछाम र कास्कीका केही क्षेत्रमा पानी परिरहेको छ ।

मौसमविद् डेभिट ढकालका अनुसार, गएरातिदेखि पश्चिम नेपालमा मनसुन सक्रिय बनेको छ । पछिल्लो १२ घण्टामा डोटीमा ८८.६ मिमि, कैलालीमा ७४.६ मिमि र बैतडीमा ६९.४ मिमि वर्षा मापन भएको छ ।

पछिल्लो २४ घण्टामा भने बैतडीमा ११६ मिमि, डोटीमा ९२.४ मिमि, कैलालीमा ९०.६ मिमि र अछाममा ९८ मिमि वर्षा भएको छ । यस्तै, सिन्धुपाल्चोक, नुवाकोट, कास्की र पर्वतमा पनि भारी वर्षा भएको विभागले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा पश्चिममा तराई र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकाले पश्चिम नेपालमा बढी वर्षा भइरहेको हो । विभागका अनुसार, आज रातिदेखि वर्षाका गतिविधि कम हुनेछ, तर बदली भने कायमै रहनेछ । भारी वर्षा भने कम हुने सम्भावना छ ।


Facebook Comments