रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाँदै प्रचण्ड


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न आज साँझ नख्खु कारागार जाने भएका छन् ।
यस भेटलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ । विशेष गरी, सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई पदमुक्त गर्ने विषयमा तयारी गरिरहेको बेला प्रचण्ड–रविबीच यो भेट हुन लागेको हो ।
यो भेटपछि सत्तारूढ गठबन्धनभित्रको शक्ति सन्तुलनमा परिवर्तन ल्याउने वा रास्वपालाई आफ्नो पक्षमा ल्याउने प्रचण्डको रणनीति हुन सक्ने विषयमा विभिन्न अड्कलबाजी समेत सुरु भएका छन् ।
सहकारी ठगी प्रकरणमा लामिछाने पुर्पक्षका लागि नख्खु कारागारमा छन् । उनी यसअघि रूपन्देही कारागारमा थिए भने गत शनिबार मात्रै उनलाई नख्खु ल्याइएको हो ।
Facebook Comments