शिक्षा विधेयकको विरोधमा निजी विद्यालयका सञ्चालकद्वारा आन्दोलनको घोषणा

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pabson-e1755677458941.jpg

काठमाडौं । सरकारले ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८० को विरोधमा निजी विद्यालयका सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन् ।

नेशनल प्याब्सन र प्याब्सनले संयुक्त पत्रकार सम्मेलन गरी भदौ ५ गतेदेखि चरणबद्ध आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेका हुन् ।

उनीहरूको मागबमोजिम विधेयकमा संशोधन नगरिएको भन्दै भोलि बिहान ११ बजेदेखि माइतीघर मण्डलाबाट नयाँबानेश्वरसम्म र्याली गर्ने कार्यक्रम तय गरिएको छ ।

भदौ ६ गते देशभरका स्कुल बसहरूले कालो झण्डा र ब्यानरसहित नगर परिक्रमा गर्ने तथा सोही दिन दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संघीय संसद घेराउ गर्ने घोषणा गरिएको छ ।

निजी शैक्षिक संस्थालाई अन्यायपूर्ण र अव्यावहारिक व्यवस्था लागू गर्न खोजिएको भन्दै उनीहरूले भदौ ८ गतेदेखि निर्णायक आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

विधेयक यथावत् पारित भएमा सरकारको शिक्षासम्बन्धी लक्ष्य प्रभावित हुने उनीहरूको भनाइ छ ।


Facebook Comments