संसदीय दलको नेता आफैँ बनिन् रञ्जिता

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Ranjeeta-shrestha maam.jpg

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीलाई पदबाट हटाएर आफैँले सो जिम्मेवारी सम्हालेकी छन् । उनले यससम्बन्धी पत्र संघीय संसद सचिवालयमा पठाएकी छन् ।

पत्रमा अध्यक्ष श्रेष्ठले चौधरीले ‘पार्टीको हित विपरीत कार्य’ गरेको र स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दल दुवै पदबाट कारबाही गरिएको उल्लेख गरेकी छन् ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार नयाँ विवरण अद्यावधिक गर्न आग्रह गर्दै श्रेष्ठले संसदीय दलको नेताको पद रिक्त भएकोले पार्टीको अध्यक्ष आफैँले सो भूमिका निर्वाह गर्ने निर्णय गरिएको जानकारी गराएकी छन् ।


Facebook Comments