‘बालबालिका सम्बन्धी विधेयक’ सर्वसम्मत स्वीकृत

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/KRB_KTM-IMG_9683.jpg

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले यो प्रस्ताव सदनमा प्रस्तुत गरेका थिए ।

मन्त्री साहका अनुसार, यो विधेयक मुख्यतया बालसुधार गृहमा देखिएका समस्या समाधान गर्न र बालबालिकाको हकमा छुट्टै न्यायालयको व्यवस्था गर्न ल्याइएको हो ।

उनले हाल नेपालमा संघीय सरकारको मातहतमा पाँचवटा र गैरसरकारी संस्थाबाट सञ्चालित चारवटा बालसुधार गृह रहेको जानकारी दिए ।

विधेयकमाथि भएको छलफलमा सांसदहरू वासुदेव घिमिरे, दामोदर पौडेल वैरागी, रणकुमारी बलम्पाकी मगर, ठकुरप्रसाद गैरे, प्रकाश ज्वाला, विद्या भट्टराई, प्रेम सुवाल र प्रेमबहादुर महर्जन लगायतले आ–आफ्नो धारणा राखेका थिए ।


Facebook Comments