राप्रपाले भन्यो– ‘नेपालको भूभागमाथि कुनै पनि अतिक्रमण सह्य हुँदैन’

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/anisha nepali.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भारत र चीनबीच नेपालको लिपुलेकलाई समेटेर व्यापार मार्ग खोल्ने सहमतिको कडा विरोध गरेको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै राप्रपाकी सांसद अनिषा नेपालीले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि यो गम्भीर प्रहार भएको बताइन् ।

उनले भनिन्, ‘नेपालसँग छलफल नगरी दुई देशबीच व्यापारिक मार्ग खोल्ने सहमति गर्नु अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक मर्यादा विपरीतको कार्य हो।’

सांसद नेपालीले तत्काल भारत र चीनसँग उच्चस्तरीय कूटनीतिक पहल गरी उक्त सहमति खारेज गर्न सरकारसँग माग गरेकी छन् ।

उनले नेपालको भूभाग र स्वाधीनतामाथि हुने कुनै पनि अतिक्रमण सह्य नहुने स्पष्ट सन्देश दिन सरकारलाई आग्रह गरिन् ।


Facebook Comments