Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

रास्वपाको प्रष्टीकरण : हाम्रो बहिस्कार लोकतन्त्र विरोधी होइन

User Image मेयरसाप डेस्क | २०८२ भदौ ३ गते १४:२७
Image of https://mayorsap.com/storage/photos/10/KRB_KTM_U3A9952.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद बहिस्कारको आफ्नो कदमलाई सरकारले लोकतन्त्रविरोधी भनेर चित्रण गर्न खोजेकोमा आपत्ति जनाएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद निशा डाँगीले संसद बहिस्कार संविधानविरोधी नभई लोकतन्त्रभित्रको असहमतिको औपचारिक शैली भएको बताइन् । उनले विगतमा अहिले सत्तामा रहेका दलहरूले नै यस्तो शैली पटकपटक प्रयोग गरेको स्मरण गराइन् ।

सांसद डाँगीले रास्वपाको आन्दोलन र बहिस्कार सरकारलाई खबरदारी गर्न र जनताको आवाज उठाउनका लागि भएको स्पष्ट पारिन् । उनले भनिन्, ‘लोकतन्त्र भनेको सङ्ख्याको बलमा सरकार चलाउने नाम होइन, प्रतिपक्षको कुरा सुन्ने संस्कृति नै लोकतन्त्र हो।’

सरकार जनताको आवाज सुन्नुभन्दा पनि अपराधमा मुछिएकाहरूको बचाउमा लागेको आरोप लगाउँदै उनले मानव बेचबिखनविरुद्ध रास्वपाले दुई महिनादेखि आवाज उठाउँदा पनि कुनै परिणाम नआएकोमा असन्तुष्टि व्यक्त गरिन् ।


Facebook Comments