फरक मतसहित ‘भूमि विधेयक’ प्रतिनिधि सभामा पेस

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sansad.jpg

काठमाडौं । ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ फरक मतसहित प्रतिनिधि सभामा पेस भएको छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले शुक्रबार यो प्रतिवेदन सदनमा पेस गरेकी हुन् ।

उक्त प्रतिवेदन पारित गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फरक मत राखेका थिए ।


Facebook Comments