एकीकृत समाजवादी सानो छैन : अध्यक्ष नेपाल

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/madhav-_kumar-_nepal.jpg

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई ‘सानो’ भनी कुप्रचार नगर्न चेतावनी दिएका छन् ।

पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मेची–महाकाली र समाजवादी जागरण अभियानबाट देशभरिबाट ठूलो सङ्ख्यामा मानिसहरू पार्टीमा प्रवेश गरेको बताए ।

उनले आफ्नो पार्टीको उज्ज्वल भविष्य रहेको र यसलाई सशक्त बनाएर नेपाली राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्ने अवस्थामा पुर्याउने बताए ।

अध्यक्ष नेपालले समाज परिवर्तन गर्न शक्तिशाली पार्टी आवश्यक रहेकोमा जोड दिए ।


Facebook Comments