पाकिस्तानविरुद्ध बलिङ गर्दै नेपाल

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/537233101_1220530286770016_7583747814002790709_n.jpg

काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टी–२० शृङ्खलाअन्तर्गत नेपाल र पाकिस्तान शाहिन्सबीचको खेल सुरु भएको छ । पाकिस्तान शाहिन्सका कप्तान इरफान खानले टस जित्दै नेपाललाई पहिलो बलिङको निम्तो दिए । 

डार्बिनको मरारा क्रिकेट मैदानमा खेल हुँदैछ । जारी शृङ्खलामा यसअघि नेपालले खेलका पाँच खेलमा तीनमा हार र दुईमा जित दर्ता गरेको छ ।

नेपाल यसअघि नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२, बङ्गलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो । नेपाले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनको हराएको थियो । 

कुल ११ टोली सहभागी प्रतियोगितामा ६ लिग खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपाल हाल पाँच खेलमा चार अंकका साथ सातौ स्थानमा छ । पाकिस्तान समान खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा छ ।


Facebook Comments