कुकुरको पूजा गरेर मनाइयो कुकुर तिहार(तस्बिरहरु)

User Image मेयरसाप डेस्क | २०८३ कात्तिक २२ गते १६:०७
Image of https://mayorsap.com/storage/photos/shares/dog-dayy_1.jpg

तिहारको दोस्रो दिन आज कुकुर तिहार कुकुरको पूजा गरेर मनाइएको छ। यस अवसरमा विभिन्न स्थानमा कुकुरलाई फूलमाला लगाइदिने, निधारमा टीका लगाउने र मिठा परिकार खुवाएर पूजा गरिएको छ।

हिन्दू धर्मशास्त्रअनुसार कुकुरलाई यमराजको दूत तथा रक्षकका रूपमा लिने गरिन्छ। कुकुर तिहारका अवसरमा घरपालुवा कुकुरसँगै सडकमा रहेका कुकुरको समेत पूजा गरिएको छ।


Facebook Comments