भारतीय विदेश सचिव विक्रम मिस्री नेपालमा

User Image मेयरसाप डेस्क | २०८३ कात्तिक १८ गते ११:११
Image of https://mayorsap.com/storage/photos/shares/misri.png

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आएका छन् । मिस्री दुई दिने औपचारिक भ्रमणका लागि आज (बुधबार) नेपाल आएका हुन् ।

नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन् । भ्रमणका क्रममा विदेश सचिव मिस्रीले प्रधानमन्त्री बालेन शाहसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा साझा चासोका विषयमा नेपालसँग मिस्रीले छलफल समेत गर्ने छन् । 


Facebook Comments